होटलमा युवती राखेर यौनधन्दा चलाउने दुई होटल सञ्चालक र ६ युवतीलाई यसरि सर्च अप्रेसन गरि प्रहरीले पक्राउ गर्यो - See more at:

इटहरीः इटहरीमा केही समय अगाडि बन्द भएको अवैध यौनधन्दा पुनः मौलाउन थालेको छ ।इटहरीका विभिन्न होटलहरुले युवती राखेर यौनधन्दा चलाउन थालेपछि इलाका प्रहरी कार्यालय इटहरीले होटलमा रातिराति सर्च अप्रेशन चलाउन थालेको छ ।प्रहरीले इटहरीका होटलमा चलाएको अप्रेशनका क्रममा बिहीवार राति अवैध यौन व्यवसायमा संलग्न दुई होटल सञ्चालक र ६ युवतीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा इटहरीको ब्लू स्टार होटलका सञ्चालक बद्री थापा र श्रेष्ठ होटलका सञ्चालक ओम श्रेष्ठसहित यौन व्यवसायमा संलग्न ६ जना युवती रहेका छन् ।उनीहरुलाई यौनधन्दा चलाइरहेकै अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी ओम अधिकारीले बताएका छन् ।
पक्राउ परेका होटलका सञ्चालक थापा र श्रेष्ठसहित यौन व्यवसायमा संलग्न ६ जना युवतीलाई शुक्रवार पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएको छ ।
होटलहरुमा अबैध यौन धन्दा सञ्चालनले सिंगो इटहरीको बद्नाम भएको भन्दै सर्बसाधारणले गुनासो गर्न थालेपछि इलाका प्रहरी कार्यालयबाट अप्रेशन सुरु गरिएको डिएसपी अधिकारीले बताए ।
पक्राउ परेका यौन व्यवसायी युवतीको नाम भने प्रहरीले गोप्य राखेको छ । पक्राउ पर्ने युवतीहरु १८ वर्षदेखि २५ वर्ष उमेर समुहका रहेका छन् ।
उनीहरु धनकुटा, धरान, विर्तामोड र दमकबाट घरपरिवालाई ढाँटेर इटहरीमा कोठा लिइ बसेर होटल सञ्चालकको सहयोगमा यौन धन्दामा संलग्न हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।Capture
पक्राउ परेका होटल सञ्चालक र यौन व्यवसायमा संलग्न युवतीहरुविरुद्ध जिल्ला अदालत सुनसरीमा म्याद थप गरि आवाश्यक अनुसन्धान थालिएको डिएसपी अधिकारीले बताए ।
होटल एशोसियशन इटहरीका अध्यक्ष अनुरोध थापाले युवती राखेर यौन व्यावसाय गर्नु गलत भएकाले त्यस्ता होटल व्यवसायीहरुलाई कडा कारबाही गर्न माग गरेका छन् ।
उनले केही होटलवालाको अवैध कामले इमान्दारीपूर्वक होटल चलाउनेहरुलाई समेत असर गरेकाले अबैध गतिविधि गर्नेलाई एशोसियशनले समेत कारबाही गर्ने चेतावनी दिए ।
- See more at: http://www.lightnepal.com/6477#sthash.KLF3YlGT.mPMzzIBu.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment