यस कारण बैतडीमा २० बर्षिय युवतीले आफ्नै प्रेमीको लिङ्ग काटिन र आफुले पनि आत्महत्या गरिन See more at:

बैतडी, २३ फागुन । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी एउटा अनौठो घटना घटेको छ ।जहाँ एक युवतीले आफ्नै प्रेमीको लिङ्ग काटेर हत्या गरेकी छिन् । लगत्तै उनले झुण्डिएर आत्महत्या गरेकी छिन् ।घटना शिवलिङ्ग गाविसको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार २० वर्षीया लक्ष्मी बोहराले आफ्ना २२ वर्षीय प्रेमी गणेश सिह ऐरको हत्या गरी आफूले पनि आत्महत्या गरेकी हुन् । उनीहरुबीच २ वर्षदेखि प्रेम सम्बन्ध चल्दै थियो ।घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न भएको अभियोगमा एक युवती र एक युवकलाई पक्राउ गरिएको छ ।
यस्तो थियो कारणः
आफन्तलाई सोधपुछ गर्दै प्रहरीले भनेको छ- प्रेमी गणेशले अर्कै युवतीसँग विहे गर्ने निर्णय सुनाएका थिए । त्यसपछि लक्ष्मीले आफूलाई सम्हाल्न सकिनन् । तनमनसहित आफ्नो सर्वस्व सुम्पिसकेपछि अरु युवतीसँग विहे गर्छु भन्दा उनले आफूलाई रोक्न सकिनन् । र साथीहरुसंग मिलेर प्रेमीको लिङ्ग काटिन् । लक्ष्मीले गणेशको घाटी थिच्दै साथीहरुसंग मिलेर लिङ्ग काटेको खुल्न आएको छ । त्यसपछि प्रेमीको हत्या गरेर घरभन्दा सय मिटर टाढा खेतमा खाल्डो खनेर पुरेको पाइएको छ । अन्तिममा घर फर्केर लक्ष्मीले झुण्डिएर आत्महत्या गरिन् । दैनिक नेपालले खबर छापेको छ |


Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment