|
एजेन्सी । उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल समुन्द्रमा प्रहार गरेको छ । मिसाइलले ८ सय किलोमिटरको पर पूर्वी क्षेत्रमा खसेको दक्षिण कोरयाको समाचार सस्था योनह्यापले जनाएको छ । मिसाइल मध्यम दूरीमा मार हान्न सक्ने रोडोङ मिसाइल हुन सक्ने जनाइएको छ ।
उत्तर कोरियाको राजधानी प्योङयोङबाट प्रहार भएको मिसाइले जापानमा निकै धक्का दिएको छ । जापानका विदेशमन्त्री फूमियो किशिदाले त उत्तर कोरियाले गरेको मिसाइल परीक्षण प्रति आपत्ति नै जनाएका छन् । उत्तर कोरियाको सो कदम संयुक्त राष्ट्रसंघ सुरक्षा प्ररिषदको प्रस्ताव उल्लङ्घन गरेको जापानको ठम्याइ छ ।
उत्तर कोरियाको यो कदम पछि जापानले राष्ट्रिय सुरक्षा परिषद्को बैठक नै बोलाएको छ । उत्तर कोरियाका कारण जापान, दक्षिण कोरिया सहितका केही देशमा थप चिन्ता बढेको छ ।
|
0 comments:
Post a Comment