|
हिन्दु धर्मको ग्रन्थ ‘वेद’का अनुसार, हामी अज्ञानता र अनैतिकताको युगमा बाँचिरहेका छौँ, जसलाई ‘कलियुग’ भनिन्छ। ई.पू. ३१०२ मा बुध, शुक्र, मङ्गल, वृहस्पति र शनि ग्रह मेष राशिको सिधा रेखामा परेपश्चात कलियुगको सुरुवात भएको विश्वास गरिन्छ।
समयचक्रको चार युग- सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुग मध्ये कलियुगलाई सबैभन्दा अँध्यारो युग पनि मानिन्छ। यी चार युगले समयचक्रलाई जनाउँदछ र सो चक्र सत्ययुगबाट सुरु भएर कलियुगमा गएर अन्त्य हुन्छ।यी चार युग बित्दै जाँदा मानिसहरूको नैतिकता र सदगुणको भावनामा ह्रास हुँदै जाने र कलियुगको अन्त्यमा मानिसहरूमा ‘मानिस’को कुनै पनि गुण बाँकी नरहने वेदमा उल्लेख गरिएको छ। साथै संसारमा ज्ञानको सट्टा अज्ञानताले बास गर्ने पनि उल्लिखित छ।
यी कुराहरू त सायद अधिकांशलाई थाहा भएकै कुरा हो, तर धेरैले नबुझेको अनि थाहा नपाएको एउटै कुरा भनेको ‘कलियुगको अन्त्य कहिले हुन्छ?’ अनि अन्त्य भए कसरी हुन्छ? हिन्दु धर्मका पवित्र ग्रन्थमा त पहिलेका युगहरूको अन्त्य भगवान विष्णुको अवतारको जन्मबाट भएको थियो भन्ने उल्लेख गरिएको छ।
|
0 comments:
Post a Comment