रक्सीको झोकमा आफ्नै श्रीमानले गरे श्रीमतीको टाउकोमा रड प्रहार :: Read more news >

चैत ५, झापाको सुरुङ्गामा एक व्यक्तिले मदिरा सेवन गरेर आफ्नै श्रीमतीमाथि रड प्रहार गरेका छन् । 

अत्याधिक मदिरा सेवन गरेर टल्ले भनिने मोहन हेमरमले श्रीमती दीपा हेमरमलाई रड प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय बिर्तामोडले बताएको छ । 

प्रहरीले रड प्रहारबाट गम्भीर घाइते भएकी दीपाको बिर्तामोडस्थित कञ्चनजंघा हस्पिटलमा उपचार भइरहेको जनाएको छ । कञ्चनजंघा हस्पिटलका प्रमुख डाक्टर सीपी यादवले दीपाको टाउको र अनुहारमा चोट लागेको बताएका छन् । 

इलाका प्रहरी कार्यालय बिर्तामोडले श्रीमतीलाई रड प्रहार गर्ने मोहनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ । 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment