|
नुवाकोट धानसिंह–९ घर भई ललितपुर बस्ने पारसले पोर्चुगल पठाई दिने भन्दै पोखराका चार युवा हरि प्रसाद गुरुङ्ग, निसान गुरुङ्ग, कुमार गुरुङ्ग र सविन गुरुङ्गलाई रोजगारीमा पोेर्चुगल पठाइदिने भन्दै ४४ लाख रकम ठगी गरेका थिए ।
उनलाई महानगरीय प्रहरी अपराध महाशाले नियन्त्रणमा लिएको हो । पोेर्चुगलमा पानी जहाँजमा मासिक रु १ हजार अमेरिकन डलर कमाई हुने प्रलोभन देखाई चारै जनाबाट प्रतिव्यक्ति ११ लाखका दरले पारसले पैसा उठाएका उनले चारै जनालाई पोर्चुगल लैजाने भनेर जर्मनी पुगाएका थिए । जर्मनको एयरपोर्टमा पारसले नक्कली कागजातहरु दिएर उनीहरुलाई २ दिन थुनामा राखी नेपाल फिर्ता पठाएका थिए ।
नेपाल फर्किसकेपछि पारसले मैले सम्बन्धित ठाउँमा पठाउन सकिन तपाईको रकम फिर्ता गरी दिन्छु भन्दै चेक दिएकोमा उक्त चेकबाट रकम निकाल्नको लागि सम्बन्धित बैंकमा जादाँ खातामा रकम नभई भुक्तानी नपाएपछि पारसले ठगेको भन्दै पीडित चारै जना न्याय माग्दै प्रहरीका कहाँ पुगेका थिए ।
पीडित युवाहरुको उजुरीपछि अपराध महाशाखाले पारसलाई विहीबार महाराजगंजबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाएको अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । -
|
0 comments:
Post a Comment