कतारमा बसेर युवतीका अश्लील तस्बिरहरु फेसबुकमा राख्ने युवक विमानस्थलबाट पक्राउ

यदी कसैले कुनै युवती वा महिलाको अश्लिल तस्विर सामाजिक संजालमा राखेर दुख दिइरहेको छ भने त्यस्ता व्यक्तिलाई प्रहरीले सजिलै पक्राउ गर्छ । अझ कसैले विदेशमा बसेर दुख दिने मनासाय बनाएको छ भने पनि त्यस्ता व्यक्तिलाई पनि प्रहरीले पक्राउ गर्न सफल हुँदै आएको छ ।
जसको पछिल्लो उदाहरण बनेका छन् नुवाकोटका शिव पौडेल । शिवले वैदेशिक रोजगारका सिलसिलामा कतारमा बसेर सामाजिक सञ्जाल मार्फत विभिन्न महिलाको अश्लील तस्बिर राख्ने तथा सन्देश प्रवाह गरी मानसिक यातना दिँदै आएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले साइबर अपराध अन्तर्गत आज नुवाकोटका पौडेललाई पक्राउ गरेर सार्वजनिक गरेको हो । तुप्चे गाविस–१ का ३० वर्षीय पौडेललाई महाशाखाबाट खटिएको प्रहरी समूहले कतारबाट नेपाल फर्कने क्रममा पक्राउ गरेको हो । उनलाई अनुसन्धानपछि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment