काठमाडौँ सहरलाई सुन्दर र हरियाली बनाईदै






काठमाडौँ, काठमाडौँ सहरलाई थप हरियाली र सुन्दर बनाउन महानगरपालिकाले विभिन्न स्थानमा बोटबिरुवा रोप्ने काम गरिरहेको छ ।
अहिले प्रदर्शनीमार्ग, टुँडिखेल, सर्वोच्च अदालतको वरपर बिरुवा रोप्ने काम भइरहेको महानगरपालिकाको वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले जानकारी बताउनुभयो ।उहाँका अनुसार सडकको पुनःनिर्माण भइरहेको स्थानमा बोटबिरुवा रोप्दा निकाल्नुपर्ने भएको हुँदा ती स्थानमा भने हाललाई बिरुवा रोपिने छैन । पुनःनिर्माण सकिएपछि ती स्थानमा पनि बोटबिरुवा रोप्ने तयारी रहेको छ ।गत वर्ष मङ्सिरमा भएको सार्क सम्मेलनको समयमा पनि काठमाडौँ महानगरपालिकाले मात्र ७०० बिरुवा रोपेको थियो ।
तीमध्ये हाल ५०० मात्र बोटबिरुवा रहेको छ । केही समयपछि सुन्धारादेखि त्रिपुरेश्वर र त्रिपुरेश्वरदेखि कलङ्कीसम्म बिरुवा रोपिने तयारी रहेको छ । हाल सो स्थानमा सडक पुनःनिर्माणको काम भइरहेको महानगरले बताएको छ ।तत्कालका लागि २०० वटा बिरुवा रोप्नुका साथै सार्क सम्मेलनको समयमा रोपेको बिरुवाको पनि संरक्षण गरिने बताइएको छ ।गमला र बिरुवाको मूल्य हेर्ने हो भने एउटा बोटबिरुवा रोप्नका लागि रु पाँच हजार खर्च हुने महानगरले जनाएको छ । रासस
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment