स्वतन्त्रताको हिँडाइ सहज नहुने भन्दै जेल छाडे संजय दत्तले

काठमाडौं, १३ फागुन । बलिउड अभिनेता संजय दत्त बिहारबार विहान जेल मुक्त भएका छन् । पुणेको यरवडा जेलमा ४२ महिना लामो जेलजीवन संजयले बिचबीचमा बिदा लिदैं बिताएका थिए । जेलभित्र उनले अन्य कैदीबन्दी सरह नै समय काटेका संजय दत्तले जेलभूक्त भएपछि ‘स्वतन्त्रताको हिँडाइ सहज नहुने’ प्रतिक्रिया दिएका छन् ।
सन् १९९३ को बम धमाकामा अवैधरुपमा हतियार राखेको अभियोगमा दोषी ठहर भएपछि जेल परेका उनी जेल मुक्त हुँदा उनलाई लिन उनकी पत्नी मान्यता दत्त र बलिउड फिल्म निर्देशक राजकुमार हिरानी पुणेस्थित यारवडा जेल पुगेका थिए ।
उनले जेलबाटबाट निस्कदा आफ्ना व्यक्तिगत सामानसँगै जेलमा रहँदा बनाएको कागजका झोला पनि लिएर निस्केका छन् । पाँच वर्षे जेल सजाय सुनाइएका संजयले ४२ महिना जेल बस्दा ५० भारूका दरले कागजका झोला बनाएर करिब ३८,००० भारू कमाएका थिए । सो कमाइको अधिकाशं हिस्सा उनले जेल भित्र रहँदा आफ्ना दैनिक जीवनका लागि चाहिने सामान किन्नमा खर्च गरेका थिए ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment