|
काठमाडौँ २३ माघ । गएराति सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएको परकम्पमा भागदौड गर्दा राजधनीमा ७० जना घाईते भएका छन् । घाईते हुनेमा काठमाडौंक ५९, ललितपुरका ६ र भक्तपुरका ५ जना रहेको जिल्ला प्रहरी कार्यलय काठमाडौँले जानकारी दिएको छ ।
रातको समयमा परकम्प गएपछि अतालिएर भाग्दा धेरै मानिस घाइते भएको र अधिकांश घाईतेको अवस्था सामान्य रहेको छ । गएराति १० बजेर ५ मिनेटमा ५ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली परकम्प गएको थियो । सो भूकम्पको धक्का भारतको बिहार र उतर प्रदेशमा समेत महसुस गरिएको भारतीय संचारमाध्यमले जनाएका छन ।
|
0 comments:
Post a Comment