|
काठमाडौं, ११ फागुन । फुटबल खेलमा खेलाडीको कसुर अनुसार रेफ्रीले रातो तथा पहेँलो कार्ड देखाउने चलन छ । तर, टर्कीको सुपर लिगमा खेलाडीले नै रेफ्रीलाई रातो कार्ड देखाएका छन् ।
ट्रापजोन्सपोर र गालाटासरेबीच खेलका क्रममा सालेह डर्सनले रेफ्री डेनिड बिटनेललाई कार्ड देखाएका हुन् । रातो कार्ड देखाएपनि रेफ्रीले मैदान छाड्नु परेन तर, स्वयम् खेलाडी डर्सनले भने मैदान छाड्नु पर्यो । रातो कार्ड देखाएपछि उल्टै रेफ्री बिटनेलले खेलाडी डर्सनलाई रातो कार्ड देखाएपछि मैदान छाड्नु परेको हो ।
खेलको ८६ औं मिनेटमा रेफ्रीले डर्सनका टीममेटलाई रातो कार्ड देखाउने क्रममा रेफ्रीको हातबाट रातो कार्ड भूईँमा खसेपछि डिफेण्डर डर्सनले सो कार्ड टिपेर रेफ्रीलाई देखाइदिएका थिए । त्यसपछि आफूलाई रातो कार्ड देखाउने खेलाडी डर्सनलाई नै रेफ्रीले रातो कार्ड देखाइदिए ।
यसअघि १९९५ मा रेफ्री पल ग्यासकोइङलाई पनि खेलाडीले रातो कार्ड देखाएका थिए ।
|
0 comments:
Post a Comment