|
काठमाडौं, १२ फागुन । कम्बोडियामा थाइल्याण्डकी राजकुमारका लागि ४० हजार अमेरिकी डलरको शौचालय बनाइएको छ । कम्बोडिया भ्रमणका क्रममा दुई घण्टा मात्रै बिताउने थाइल्याण्डकी राजकुमारी महा चक्री सिरिन्धोर्नका लागि उक्त लागतमा शौचालय बनाइएको हो । यद्यपी सो शौचालय भने प्रयोगमा नआएको बताइएको छ ।
उक्त सुविधा सम्पन्न शौचालय प्रयोग नगरेकी कम्बोडिया भ्रमणमा आएकी थाइल्याण्डकी राजकुमारी सिरिन्धोर्नले सो शौचालयको तस्विर भने लिएकी थिइन् । कम्बोडियाको यइक लोम क्षेत्रको भ्रमणमा पुगेकी उनलाई भव्य स्वागत गरिएको थियो । सो क्षेत्रमा पिछडीएका अधिकांस स्थानीयबासी रहेका छन् । र उनी शौचालय नै प्रयोग गर्दैनन् ।
|
0 comments:
Post a Comment