आउँदै गरेको भ्यालेन्टाईन डेकाे अवसरमा थाइल्याण्डमा युवाहरुलाई कन्डम प्रयोगको लागि प्रोत्साहित गर्न अभियान चलेको छ ।

। आउँदै गरेको भ्यालेन्टाईन डेकाे अवसरमा थाइल्याण्डमा युवाहरुलाई कन्डम प्रयोगको लागि प्रोत्साहित गर्न अभियान चलेको छ ।
थाइल्याण्डमा यस्तो किसिमको अभियान चलेको पहिलो पटक हो । यो भन्दा अगाडी युवाहरुलाई मन्दिर जाने र डेटिङ पछि सिधै घर जानको लागि प्रोत्साहित गरिन्थ्यो ।
विश्वमा थाइल्याण्ड सबैभन्दा बढी कम उमेरका युवती गर्भवती हुने देश हो । यो देशमा यौन संक्रमणका रोगहरु पनि बढी रहेका छन् ।


यो नयाँ अभियानलाई निरन्तर २०१९ सम्म चलाउने योजना छ । यो अभियानले युवालाई बढीरहेको असधारण गर्भधारणको विषय छलफल कार्यक्रममा सहभागी गराउने लक्ष्य लिएको छ ।
अहिले थाइल्याण्ड सरकारले जागीरे युवाहरुलाई सेक्सबाट बच्न र कन्डमको प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ भने कन्डमसंग जोडिएको भ्रमलाई हटाउने कोशिश पनि गरिरहेको छ । सरकारले कन्डमको सहज पहुँच र गुणस्तर बढाउनपनि विषेश ध्यान दिएको छ 
। थाइल्याण्डका स्वास्थ्य मन्त्रालयको प्रवक्ताले युवाहरुलाइ कन्डम किन्न लाज नमान्न सल्लाह दिएको छ । उनीहरुको अनुसार, युवतीहरु कम उमेरमा गर्भवती हुनभन्दा लाज नमानी कन्डम किन्नु नै बढी उपयुक्त हुन्छ । 
थाईल्याण्डमा १ हजार युवतीमा ५० युवती १५ देखि १९ वर्षकै उमेरमा आमा बन्छन् । यहाँ, १० देखि १९ वर्षका युवामा यौन सम्बन्धि रोग पाँच गुनासम्म बढेको छ । थाइल्याण्डमा करीब ४ लाख ५० हजार मानिस एचआइभि पोजेटिभ छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment