ठगी आरोपमा पक्राउ श्रीमानसहित गायिका रेखा शाह पक्राउ

Rekha Shahaकाठमाडौं, २७ पुस । चर्चित गायिका रेखा शाहलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ‘सिमसिमे पानीमा’ बोलको गीतबाट चर्चित बनेकी गायिका शाहलाई काठमाडौं प्रहरीले आइतबार बेलुकी उनका श्रीमानसहित पक्राउ गरेको हो ।
उनीहरुले क्यासिनोमा जुवा खेल्न सन्दिपराज काफ्ले नामका एक व्यक्तिलाई पैसा लगानी गरेको प्रहरीले जनाएको छ । रेखासित व्याजमा लिएको पैसा तिर्न नसकेका सन्दिपराज सम्पर्कबिहिन भएपछि रेखाले बाबु सुवासराजसित ताकेका गरेका थिए ।सुवासराज काफ्लेले शाह दम्पत्तीबाट आफूलाई धम्की आएको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।
शाह दम्पत्तीविरुद्ध उजुरी परेपछि सोधपुछका लागि महानगरीय प्रहरी परिसरले कार्यालयमै बोलाएको थियो । प्रहरीको आदेश मानेर प्रहरी कार्यालयमा पुगेका शाह दम्पत्तीलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । सन्दिपलाई ऋण दिएको ७३ लाख रुपैयाँ बराबरको चेकको अधकट्टी रेखासित छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment