|
काठमाडौँ २७ पुष । साउदी अरब र इरानवीच बढिरहेको तनाव र तेलको मूल्य निरन्तर घटिरहेका कारण मध्यपूर्वमा कार्यरत नेपाली समेत प्रभावित हुने जोखिम बढेको छ।
तेलको मूल्यका कारण त्यहाँको उत्पादनमा प्रभाव परेर कर्मचारी कटौती वा ज्याला घटाउने सम्भावना छ भने इरान अरब द्वन्द्व बढ्दै गए थप जटिलता आउने स्थिति छ।
सुन्नी सम्प्रदाय बाहुल्य साउदीका राजाले सिया पादरी सेख निमर अल निमरसहित ४७ जनालाई गत साता मृत्युदण्ड दिएपछि तनाव बढेको हो। सिया पक्षधर उप्ररुपमा प्रस्तुत भइरहेका छन्।
साउदीमा कम्तीमा ६ लाख नेपाली कार्यरत छन्। साउदीको तनाव बढ्दै गएसुरुमा त्यहाँ कार्यरत र पछि समग्र खाडी क्षेत्रको रोजगारीमा असर पर्नेछ। आजको कान्तिपुर दैनिकमा खबर छ।
|
0 comments:
Post a Comment