रुपन्देहीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १६ जना घाईते

चितवन १९ पुष । गएराति रुपन्देहीको देवदहमा रात्रीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नारायणघाटबाट नेपालगन्जका लागि हिडेको ना ४ ख ६८४१ नम्बरको बस पूर्व पश्चिम राजमार्गको घोडाहा जंगलमा दुर्घटना हुँदा अन्य १६ जना घाईते भएका छन् । मृत्यु हुनेमा कञ्चनपुर भिमदत्त नगरपालिका ५ का ३५ वर्षिय प्रकाश शाही,बाराका ३२ वर्षिय चुरक शाह,रुपन्देही देवदेहकी ३५ वर्षिया शान्ति दर्जी र बर्दिया तारातालका २२ वर्षिय कुशल शर्मा रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेमध्ये ४ जनाको भरतपुरमा उपचार भैरहेको चितवन प्रहरीले जनाएको छ । 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment