|
चरिकोट, ५ पुष । नेपालका हास्यकलाकार तथा नेपाल सरकारका सरसफाइ सद्भावना दूत सीताराम कट्टेल ‘धुर्मुस’ले दोलखाको चरिकोटका विद्यार्थीहरुलाई सरसफाइको चेतना दिँदै हसाएका छन् ।
चरिकोटस्थित कालिञ्चोक उच्च माध्यामिक विद्यालयका विद्यार्थी र सहभागी स्थानीयवासीलाई हरुलाई आइतबार बिहान धुर्मुसले आफ्नो हास्यकला मार्फत सरसफाइको महत्व दर्शाउँदै हसाएका हुन् । पत्नी तथा हास्यकलाकारका साथै सरकारको सरसफाइ सद्भावना दूत कुञ्जना घिमिरे ‘सुन्तली’ सहितको टोलीका साथ चरिकोट पुगेका धुर्मुसले सरसफाइ गर्दाको फाइदा र नगर्दाको हानीका बारेमा हास्य ढङ्गबाट विद्यार्थी र स्थानीवासीलाई जानकारी दिएका हुन् ।
उनको उपस्थिति नै हास्यमय बनेको थियो । त्यसपछि उनले बोलेका प्रत्येक बोलीमा सहभागीहरु पेट मिचिमिची हासेका थिए । सिन्धुपाल्चोक, रामेछाप, काभ्रे लगायतका जिल्लामा सरसफाइ अभियानका साथ पुगिसेका उनीहरु अहिले दोलखा पुगेका हुन् ।
|
0 comments:
Post a Comment