![]() |
काठमाडौं, ६ पुस- पछिल्लो समय खासै चर्चामा नरहेकी अभिनेत्री सुष्मा कार्की आइटम गर्लका रूपमा पनि चिनिन्छिन् । लुट, राजनीतिलगायतका फिल्ममा गरेको आइटम डान्सका कारण उनलाई हिरोइनभन्दा बढी आइटम गर्लका रूपमा लिन थालियो । अचेल उनले एउटा आइटम गरेको दुई लाख रुपैयाँ पारिश्रमिक तोक्ने गरेकी छिन् । हाल पूर्वमा निर्माण भइरहेको एउटा सतार भाषाको फिल्ममा एउटा आइटमका लागि उनलाई अफर गयो । उनले सुरुमै दुई लाख रुपैयाँ ‘डिमान्ड’ गरेपछि निर्माण पक्षले कुरा अघि नै नबढाई ‘थ्यांक्यु’ भन्यो । सुष्मा एउटा आइटमका लागि दुई लाख त तोक्छिन्, तर उनलाई दुई लाख तिरेर आइटम गराएको निर्माता भने अहिलेसम्म भेटिएको छैन । भेटिने सम्भावना पनि न्यून नै देखिन्छ । नयाँ पत्रिका दैनिकबाट
![]() |
0 comments:
Post a Comment