नयाँ वानेश्वरबाट २२ थान ग्यास सिलिण्डरसहित एक पक्राउ :: Read more news >>

मंसिर २५, काठमाडौं महानगरपालिका ३४ नयाँ वानेश्वरमा राजु एण्ड दाजु ग्यास स्टोर सञ्चालन गर्दै आएका राजकुमार भट्टराईलाई ग्यास सिलिण्डर लुकाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

नुवाकोट चारघरे ४ मा घर भएका भट्टराईले एभरेष्ट र सुगम कम्पनीका २२ सिलिण्डर ग्यास कोठामा लुकाएर राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरी र वाणिज्य विभागको संयुक्त टोलीले उनको कोठामा छापा मार्दा २२ सिलिण्डर ग्यास लुकाएर राखेको अवस्थामा फेला पारेको छ । 

उनको कोठामा सुगम कम्पनीका आधा सिलिण्डर ग्यास २१ थान र एउटा एभरेष्ट कम्पनीको भरिएको सिलिण्डर फेला परेको प्रहरीले जनाएको छ । भट्टराईले डेरामा ग्यास लुकाएर राखेको सुचना पाएपछि महानगरिय प्रहरी वृत्त बानेश्वर र वाणिज्य विभागको टोलीले बिहिबार छापा मारि उक्त सिलिण्डर फेला पारेको हो ।  
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment