|
काठमाडौं, १३ पुष । अष्ट्रेलियाको क्वीसल्याण्ड राज्यमा दुई लाख लिटर सल्फ्यूरिक एसिड (तेजाब) बोकेको रेल दुर्घटना भएपछि सो क्षेत्रमा आपत्तकालिन स्थितिको घोषणा गरिएको छ ।
२६ डिब्बामा दुई लाख लिटर तेजाब बोकेको रेल लिकबाट बाहिरिँदा भएको सो दुर्घटनामा रेलका तीन जना कर्मचारी घाइते भएका र उनीहरुको उपचार भइरहेको बिबिसिले जनाएको छ । बिबिसिका अनुसार दुर्घटना पश्चात सो क्षेत्रमा आपत्तकालिन स्थितिको घोषणा गरिएको र दुई किलोमिटरको दायरामा मानिसहरुलाई आवातजावतमा रोक लगाइएको छ ।
दुर्घटनाको कारण पत्ता लागि नसकेको अष्ट्रेलियन प्रहरीले जनाएको छ ।
|
0 comments:
Post a Comment