|
काठमाडौँ २६ मंसिर । महिलाकोलागी निकै कडाकानुन रहेको साउदी अरबमा पहिलो पटक महिलाले आफ्नो मताधिकारको प्रयोग गर्न पाउने भएका छन् ।आज गरिन लागेको नगरपालिकाको निर्वाचनमा महिलाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने निर्णय सरकारले गरेको छ ।
संसारकै क्रुर तानाशाहको रुपमा रहेको राजतन्त्रात्मक मुलुक साउदी अरबमा इतिहासमै पहिलो पटक महिलालाई मताधिकारका अतिरिक्त निर्वाचनमा उम्मेदवार बन्ने अधिकारसमेत दिइने भएको छ ।
९ सय ७८ जना महिला निर्वाचनमार्फत् पहिलो पटक मैदानमा झण्डै ६ हजार पुरुष प्रतिष्पर्धासंग भिड्दै छन् । करीब एक लाख ३० हजार महिलाले मत प्रयोग गर्न आफ्नो नाम दर्ता गराएका छन् । जहाँ करीब १४ लाख पुरुष मतदाता छन् । माथिल्लो सल्लाहकार परिषद शूरामा ३० जना महिलालाई मनोनित गरेका थिए ।
|
0 comments:
Post a Comment