|
काठमाडौं, ९ पुस । आगामी माघ १ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘काफल पाक्यो’ले प्रदर्शन अगावै आफ्नो लगानीको ३ भागमा १ भाग लगानी अंश उठाएको छ । विभिन्न देशमा गरिएको प्रिमियर शोमा झण्डै २८ लाख रकम संकलन गरेको बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरेर चलचित्रकी निर्देशक सावित्री खत्रीले जानकारी गराएकी छन् । उनले चलचित्रबाट उठेको रकमको केहि प्रतिशत रकम भूकम्पपीडित बालबालिकाका लागि लगानी गर्ने समेत बताएकी छन् ।
चलचित्रमा नायक जीवन लुईंटेल र नव नायिका वर्षा राउतको जोडीलाई प्रस्तुत गरिएको छ । रेडपान्डा डान्स एन्ड मुभी हाउसको ब्यानरमा बनेको यो चलचित्रमा जीवन र बर्षालाई लय संग्रौला, मुकेश आचार्य, प्रदिप ढकाल, वीएस राणा, उत्तम केसी, बालदिप राइलगायतका कलाकारले साथ दिएका छन् । चलचित्रमा विकास चौधरीको संगीत, प्रदिप भारद्धाजको लेखन, दीर्घ गुरुङ र दिपक बज्रचार्यको छायांकन, हिमाल केसीको एक्सन, कविराज गहतराज र सरिता राजचलको नृत्य निर्देशन रहेको छ । चलचित्रमा सुरेश राउत र उपेन्द्र सुवेदीको लगानी छ भने लक्ष्मी केसी यो चलचित्रकी कार्यकारी निर्माता हुन् ।
- See more at: http://medianp.com/2015/12/76421.html#sthash.b8W5ccDI.dpuf
|
0 comments:
Post a Comment