|
सुनसरी, २२ मंसिर । भारतको सुपौल जिल्लाबाट ५२ जना नेपालीलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ ।
सुनसरीको भाण्टावारीनाका हुँदै मंगलबार भारतको पटना हिँडेका ३३ जना पुरुष र १९ जना महिलालाई एसएसबीले सुपौल जिल्लाको विरपुरबाट पक्राउ गरी नियन्त्रणमा लिएको बताइएको छ ।
पक्राउ परेका नेपालीहरु उदयपुर, सप्तरी र रामेछापका रहेका छन् । उनीहरुलाई अबैधानिक रुपमा ठुलो संख्यामा महिला र पुरुष भारत प्रवेश गरेको आरोप लगाइएको छ ।
उनीहरुलाई नियन्त्रण लिएपछि एसएसबीले सुनसरी स्थित सशस्त्रको सीमा सुरक्षा कार्यालयलाई खबर गरेको र हाल पक्राउ परेका नेपालीहरलाई नेपाल ल्याएर परिवारको जिम्मा लगाउने प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ ।
|
0 comments:
Post a Comment