|
काठमाडौँ १७ मंसिर । भारतले नेपाल आफूसँग मित्रता चाहन्छ कि चाहँदैन भनेर प्रश्न उठाउँदै अघोषित नाकाबन्दी खुल्न मधेसीसँग सहमति हुनुपर्ने अडान दोहोर्याएको छ ।नयाँदिल्लीमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासँग बुधबार जवाहरलाल नेहरू भवनमा भएको भेटमा विदेशमन्त्री सुष्मा स्वराजले ‘नेपाल भारतसँगको मित्रता चाहन्छ कि चाहँदैन ?’ भन्दै सरकारको चर्को आलोचना गरेकी छिन् ।
साँझ अलग्गै भएको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पनि थापालाई यही दोहोर्याएका छन् । थापासँग स्वराजले पौने एक बजे तथा राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले साढे ६ बजे बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
स्वराजले ‘नेपालले मित्रता चाहँदैन भने भारततिर रोकिएका सबै ट्रक भारततिरै फर्काइदिने’ चेतावनी दिएकी छिन् । जवाफमा उपप्रधानमन्त्री थापाले आपूर्तिमा भारतले गरेको अवरोधका कारण नेपालमा भारतविरोधी भावना फैलिएको बताएका थिए । स्रोतका अनुसार बन्दबाहेकका नाकाबाट सामान पठाउन भारतीय पक्षबाट निरन्तर अवरोध हुँदै आएकाले जनता असन्तुष्ट रहेको, तर नेपालले भारतसँगको मित्रतालाई उच्च प्राथमिकतामा राखेको थापाको भनाइ थियो ।
राजदूत दीपकुमार उपाध्याय, डेपुटी चिफ अफ मिसन कृष्णप्रसाद ढकालसमेतका अधिकारी सहभागी रहेको करिब एक घन्टा लामो भेटवार्तामा विदेशमन्त्री स्वराजको अभिव्यक्तिपछि सीमानाका सहज नहुने संकेत देखिएको छ । भारतीय पक्ष नेपालमा भएका भारतविरोधी गतिविधिबारे बढी प्रतिक्रियात्मक देखिएको नेपाली पक्षले महसुस गरेको छ ।
उपप्रधानमन्त्री थापाले मधेसकेन्द्रित दलहरूसँग भएका वार्ताको फेहरिस्त बताइसकेपछि मन्त्री स्वराजको अभिव्यक्ति आएको हो । नाका सुचारु हुन मधेसीसँग सहमति हुनुपर्ने र भारतसँग सम्बन्ध सहज पार्न भारतविरोधी गतिविधि निस्तेज पार्नुपर्ने स्वराजले स्पष्ट रूपमा भनेकी छिन् ।
‘हामीले पहिलेदेखि नै भन्दै आएका थियौँ कि मधेसीहरूलाई पनि मिलाएर सहमतिका आधारमा संविधान बनेको अवस्थामा मात्रै दिगो हुन्छ, यसमा तपाईंहरूले चासो दिनुभएन,’ स्वराजको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब त्यो महसुस गरेर चाँडो सहमति गर्नुस्, समस्याको समाधान त्यही नै हो, अरू उपाय केही छैन ।’
‘हामीले पहिलेदेखि नै भन्दै आएका थियौँ कि मधेसीहरूलाई पनि मिलाएर सहमतिका आधारमा संविधान बनेको अवस्थामा मात्रै दिगो हुन्छ, यसमा तपाईंहरूले चासो दिनुभएन,’ स्वराजको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब त्यो महसुस गरेर चाँडो सहमति गर्नुस्, समस्याको समाधान त्यही नै हो, अरू उपाय केही छैन ।’
|
0 comments:
Post a Comment