ताप्लेजुङमा प्रहरी र आपराधिक समुहबीच दोहोरो भिडन्त हुँदा प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका एकजनाको मृत्यु :: Read More News >>

ताप्लेजुङ, १७ कत्तिक । प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका देउमान लिम्बु (हाराहाङ्) को नेतृत्वमा रहेको आपराधिक समुह र प्रहरीबीच आज साँझ ताप्लेजुङको सान्थाक्रामा भएको दोहोरो भिडन्तमा एकजनाको ज्यान गएको छ । 
दोहोरो भिडन्तमा दुई प्रहरी सामान्य घाइते भएका छन् । 
आज साँझ करिब ५ बजे जिल्लाकै सान्थाक्रा–६ मा आपराधिक समूहको खोजीमा खटिएको प्रहरी टोलीमाथि हाराहाङसहितको चार÷पाँचजनाको समूहमा रहेको आपराधिक समूहले गोली प्रहार गरेपछि दोहोरो भिडन्त भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । 
भिडन्तका क्रममा प्रहरीको गोली लागी अपराधिक समूहका एकजनाको घटनास्थलनमानै मृत्यु भएको र उनको साथबाट समिर लिम्बु नाम गरेको नागरिकता फेला परेको कोइरालाले जानकारी दिनुभयो । 

घटनास्थलबाट प्रहरीले सकेटबम, पाइप बम, कम्ब्याट ड्रेस, बारुद, बिजुलीको तार, रु १४ हजार, व्याट्री चारथान र झोला फेला पारेको छ ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment