|
रसुवा—चिनियाँ अनुदानको ९८ हजार लिटर पेट्रोल बोकेका १२ वटा ट्यांकर सोमबार बिहान रसुवाको धुन्चे हुँदै काठमाडौंतर्फ लागेका छन्। ट्यांकर अाजै काठमाडाैं पुग्नेछन्। नेपाल अायल निगमले चिनियाँ पेट्राेल बाेेकेका भण्डारणका लागि थानकाेट स्थित डिपाेमा व्यवस्था मिलाएकाे छ।
चिनियाँ अनुदानकाे पेट्रोल बोकका ट्याङ्कर आजै साँझसम्म काठमाडौं आइपुग्ने भएपछि राख्ने ठाउँ मिलाइएकाे हाे। आइतबार साँझ भन्सार पास गरे पनि अप्ठ्यारो बाटोका कारण चालकहरु टिमुरेमै बास बसेर सोमबार बिहान काठमाडौं प्रस्थान गरेका हुन्। चीनबाट ल्याइएको पेट्रोल नेपाल आयाल निगमको थानकोट डिपो पुर्याइनेछ।
भारतीय नकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भइरहेको बेला उत्तरी छिमेकी चीनले एक मेट्रिकटन पेट्रोल अनुदान दिएको हो। चीन सरकारले अनुदान दिएको भए पनि नेपाल आयल निगमले नेपाली भन्सार कार्यालयलाई भन्सार महसुल बुझाएर ट्याङ्कर छुटाएर पठाएको हो।
निगमले रसुवागढीमा रहेको भन्सार कार्यालयलाई आइतबार अनुदानमा ल्याएको पेट्रोलको राजस्व शुल्क ३ करोड ६४ लाख रुपैया तिरेको थियो।
निगमले रसुवागढीमा रहेको भन्सार कार्यालयलाई आइतबार अनुदानमा ल्याएको पेट्रोलको राजस्व शुल्क ३ करोड ६४ लाख रुपैया तिरेको थियो।
दाेस्राे लटकाे पेट्राेल अाेसार्न थप ४ ट्यांकर निगमले अाज केरूंग पठाउँदैछ।
|
0 comments:
Post a Comment