|
काठमाडौँ १७ कार्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतमै कतिको आलोकप्रिय छन् भने पछिल्लो समय आफ्नै संसदीय निर्वाचन क्षेत्र बनारसमा भएको स्थानीय चुनावमा उनकै दल भारतीय जनता पार्टी (भाजपा) नराम्ररी पराजित भएको छ ।
वाराणसीमा भएको स्थानीय पञ्चायत निर्वाचनमा ४८ सिट भएको जिल्लाको स्थानीय निर्वाचनमा मोदीको भारतीय जनता पार्टीका उम्मेद्वारले ८ स्थानमा मात्रै जितेको छ । यसैगरी भाजपाका अर्का प्रभाबशाली नेता तथा केन्द्रीय गृहमन्त्री राजनाथ सिंहको लखनउ क्षेत्रका २८ स्थानमा मध्य भाजपाले चार स्थानमा मात्रै जितेको छ ।
यस निर्वाचनको परिणामले भाजपा सरकार र स्वयम मोदीलाई समेत नराम्रो धक्कालागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
|
0 comments:
Post a Comment