सुरुङ्गा गोल्ड कप: चर्च बोइज सेमिफाइनलमा

सुरुंगाः चर्च बोइज युनाइटेड, काठमाण्डौंले झापामा जारी सुरुङ्गा गोल्ड कपको सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । मंगलबार भएको खेलमा चर्च बोइजले विदेशी टोली भुटान स्पोर्टिङ्ग क्लब, भुटानलाई २-० गोल अन्तरले हराउँदै अन्तिम चारमा आफ्नो स्थान तय गरेको हो ।   
 
चर्च ब्वाईज युनाइटेडका लागि पासाङ लामा र सुमन लामाले १/१ गोल गरेका थिए । पहिलो हाफको ११ औं मिनेटमा चर्च ब्वाइजका जर्सी नम्बर १५ का खेलाडी पासाङ लामाले गोल गरेका हुन् ।  त्यस्तै दोस्रो हाफको ३४ औं मिनेटमा जर्सी नम्बर ९ का सुमन लामाले दोस्रो गोल गर्दै आफ्नो टीमको अग्रतालाई दोब्बर बनाएका थिए ।
 
प्रतियोगितामा चर्च बोइजका जर्सी नम्बर ८ का हेमन्त थापा मगर म्यान अफ द म्याच घोषित भए । मंगलबार हुने सेमिफाइनल खेलमा सरस्वती फुटबल क्लब काठमाण्डौं र झापा–११ भिड्दै छन् ।  
 
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः २ लाख ५१ हजार १ सय ११ रुपैयाँ र १ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् ।  
http://www.annapurnapost.com/Modules/News/Image/Default/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment