|
काठमाडौँ १६ कार्तिक । बीरगंजको दसगजा क्षेत्रमा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई पुलिसले हस्तक्षेप गरेको भन्दै सरकार संगको वार्तालाई असर पर्न सक्ने सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले चेतावनी दिएका छन्।
सोमबार (आज) विहानै बीरगंजको दसगजा क्षेत्रमा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई पुलिसले हस्तक्षेप गर्दै नाका खुलाएपछि सद्भावना पार्टी अध्यक्ष महतोले यस्तो चेतावनी दिएका हुन् । बन्दुक तेस्र्याएर जनतामाथी दमन गर्ने अनि बार्ता कसरी हुनसक्छ ? यस्तै रवैया देखाइरहे सरकारसंगको वार्ताको बारेमा मोर्चा सोच्न बाध्य हुने बताएका छन ।
|
0 comments:
Post a Comment