|
काठमाडौं, १६ कात्तिक । सोमबार भएको वीरगञ्ज घटनाले सरकार अप्ठ्यारोमा परेको छ । तराई मधेश शान्त पार्ने गरी आइतबार सकारात्मक भएको वार्ता सोमबार झिसमिसेमै भारतीय जालमा फस्दा नेपाल सरकार अप्ठ्यारोमा परेको हो ।
हालै भारतको बिहारमा निर्वाचनलाई लिएर दुई दिन वीरगञ्ज सीमा नाका बन्द भइरहेका बेला आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता सीमानाकामा थोरै संख्यामा थिए । जसलाई उपयोग गर्दै भारतले नेपालमा रोकिएका आफ्ना ट्रक रक्सौल छिराउने उपाय रच्यो र नेपाललाई नराम्ररी फसायो । वीरगञ्ज–रक्सौल नाका सूचारु गर्दै भारतीय ट्रक रक्सौल छिरिसकेपछि भारतमा रोकिएका नेपाली मालवहाक गाडी वीरगञ्ज छिराउने आश्वासन दियो । जुन कुरालाई नेपालले पत्यायो र नराम्री फसेको कतिपयले विश्लेषण गर्न थालेका छन् ।
वीरगञ्ज घटनापछि भारतले दियो चेतावनी ( विज्ञप्ति सहित)
भारतीय ट्रक चालकले आफूहरुलाई स्वदेश फिर्ताको वातावरण बनाउन भन्दै वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा धर्ना दिइरहेका बेला भारतले नेपाल सरकार र आन्दोलरत मधेशी मोर्चाबीचको वार्ता सकारात्मक बनेका बेला आफ्नो जाल बन्नुलाई संयोग मान्न नसकिने धेरैको बुझाइ छ । भारतीय ट्रक रक्सौल छिरुञ्जेल आफ्ना भूमिमा रहेका प्रदर्शनकारीलाई रोकेको भारतले ट्रक आउन छोडेसँगै नेपाली ट्रक वीरगञ्ज छिराउन छाडेर प्रदर्शनकारीलाई प्रवेश दिँदा सोमबार नेपाल सरकार नराम्ररी फसेको हो ।
मधेशी र पहाडीबीच युद्ध हुने भन्दै सद्भावना नेता कर्णले दिए यस्तो चेतवनी (भिडियो सहित)
सोमबार बिहानै मितेरी पुलबाट प्रदर्शनकारी हटाएको विरोधमा दिभरी वीरगञ्ज तनावग्रस्त बन्यो । प्रहरीको गोली लागेर मधेशी आन्दोलनमा सहभागी भारतीय एक नागरिकको ज्यान गयो र त्यसपछि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू जारी गरेको छ ।
सोमबार वीरगञ्जमा भएको घटनालाई लिएर मधेशी मोर्चाले अब वार्ताको औचित्य सकिएको धारणा सार्वजनिक गरेको छ । जसले गर्दा आइतबार सकारात्मक देखिएको सरकार र मोर्चाबीचको वार्तामा भारतीय जालमा सरकार फस्दा गम्भीर असर परेको छ ।
वीरगञ्जमा अनिश्चितकालिन कर्फ्यू जारी, मृतक भारतीय नागरिक रहेको पुष्टि
केही दिन हिंसात्मक घटना नभइ शान्त रहेको वीरगञ्ज सोमबार नाका सुचारु भएसँगै अशान्त मात्रै देखिएन वार्ताको वातावरण नै विग्रिएको मधेशी नेताहरुको भनाइ छ । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) कार्यालयमा सोमबार अपरान्ह मोर्चाका तर्फबाट पत्रकार सम्मेलन गर्दै तमलोपाका उपाध्यक्ष हृदयश त्रिपाठीले वीरगञ्ज घटनाले वार्ताको औचित्य सकिएको बताए । उनले सरकारको यही रवैया रहुञ्जेल सम्म वार्ता गर्न नसकिने स्पष्ट पारे । यद्यपीे वार्ता भङ्ग भने नभएको संकेत गरेका त्रिपाठीले सरकार मुठभेड तर्फ उन्मुख भएको आरोप लगाए
|
0 comments:
Post a Comment