|
काठमाडौँ १७ कार्तिक । प्रहरीले बल प्रयोग गर्दा सोमबार बिहानदेखि वीरगन्ज फेरि तनावग्रस्त भएको छ । प्रदर्शनकारी सधैँझैँ पालमुनी ढुक्कले सुतेका थिए । पालमुनी करिब १५ जनामात्र थिए, तर प्रहरीले योजनाबद्ध रूपमा कारबाही गर्दा करिब १० जना भारततिर भागेका थिए भने पाँचजनालाई प्रहरीले गिरफ्तार गरेको थियो ।
गिरफ्तारमध्ये पनि दुईजना भारतीय भएको प्रहरीले जनाएको छ । गृहमन्त्रालयका अनुसार ६० वर्षीय महमद जमरुदिन र समद अन्सारी बिहार मोतीहारीका हुन् । पैसा पाइने भनेर आफूहरूलाई आन्दोलनमा बोलाइएको उनीहरूले प्रहरीलाई बताएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
|
0 comments:
Post a Comment