नेपालगञ्ज नाकामा तनाव, ५ प्रदर्शनकारी र ४ प्रहरी घाइतेsee more >>>

आश्विन ९, २०७२- नेपालगञ्जको रुपेडिया नाकामा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच ढुंगा हानाहन भइरहेको छ ।
शनिबार बिहान रुपेडिया भन्सारमा अवरोध गर्न पुगेका कार्यकर्तालाई प्रहरीले हटाउन खोजेपछि तनावको स्थिति सृजना भएको हो । प्रदर्शनकारीहरु दशगजा क्षेत्रमा बसेर प्रहरीमाथी ढुंगा प्रहार गरिरहेका छन् । प्रहरी र प्रदर्शकारीबीच ढुंगा हानाहान सुरु भएपछि त्यहाँ भागदौड मच्चिएको छ । प्रदर्शनकारी दशगजा क्षेत्रमा रहेकाले प्रहरीले अहिलेसम्म अश्रुग्याँस प्रहार गरेकाे छैन ।
प्रदर्शकारीकाे ढुंगा लागि नेपाल प्रहरीका सई दिलबहादुर घर्ती, हवल्दार सुरेश बस्याल, प्रहरी जवान कलम बिक, कमल खनाल घाइते भएका छन् । घाइते सबैकाे भेरी अञ्चल अस्पतालमा उपचार भइरहेकाे छ ।
यस्तै प्रदर्शनकारी तर्फ जग्दिशबहादुर सिंह, बद्रु जुजा खाँ, अमृतलाल कुर्मी, सामसिंह सोनी, ममता बनियाँ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि नेपालगञ्ज तर्फ लगिएकाे छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment