|
आश्विन ८, २०७२- सभामुख सुवासचन्द्र नेवाङले नेपाली जनताको सहभागीमा बनाइएको संविधान विश्वमै अद्दित्तीय भएको बताएका छन् । नेपाल एसोसियन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाटा) ले आयोजना गरेको २० औं नाटा सम्मेलनमाको उद्घाटनमा बोल्दै उनले संसारका धेरै मुलुकमा जनताले बनाएको संविधान ६२ देखी ६३ प्रतिशत जनसहभागितामा बनाइएको उल्लेख गर्दै नेपालको संविधानमा योभन्दा बढी जनसहभागिता भएको बताए ।
‘८९ प्रतिशत जनताको उपस्थितिमा ८५ प्रतिशत सदस्यले मतदान गरेको नेपालको संविधान विश्वकै अद्दित्तीय हो,’ उनले भने । २००७ साल यता बनेका संविधानको दाँजोमा जनताको सहभागिता अत्याधिक भएको बताउँदै उनले संविधानको विशेषताबारे भने, ‘यसपटको संविधानमा ३१ दलदेखि लिएर पञ्चायतकालीन शक्ति, सशस्त्र द्वन्द्वका दलदेखि लिएर मधेसी जनजाति, महिला, मुस्लिम लगायतको सहभागि छन् । यो ठूलो उपलब्धि हो ।’
उनले भारतीय संविधानसँग नेपालको संविधानको तुलना गर्दै प्रश्न गरे, ‘छिमेकी मुलुक भारतको संविधानले निर्वाचन क्षेत्रबारे ५० वर्षसम्म हेरफेर नहुने व्यवस्था गरेको छ । हामीले निर्वाचन क्षेत्रबारे गरेको २० वर्षे समय कसरी बेठीक भयो ?’ संविधानले सतप्रतिशत सबैको चित्त बुझाउन नसक्ने बताउँदै प्रक्रियामा भने सबैको समानुपातिक सहभागीता गरेका बताए ।
संविधानमा मधेसीहरुको पनि पसिनाले सिञ्चित गरेको उल्लेख गर्दै प्रक्रियाबाहिर रहेकाहरुलाई पनि सहभागि हुन उनले आव्हान गरे । पर्यटन व्यवसायीहरुलाई अब संविधान बनेर आधार तयार बनाएकाले निश्चित भई काम गर्न भने ।
‘यो संविधान ल्याउनमा तपाईहरुको पनि योगदान छ । यसमा ९०/९५ प्रतिशतका कुरा परेका छन् । ५/६ वटा कुरा नपरेको भन्दै विरोध गर्नु उचित हुँदैन ।’
|
0 comments:
Post a Comment