शवको थुप्रोले कालो सडक बन्यो सेताम्ये "माक्का " read more>>

एजेन्सी : साउदी अरबको पवित्र शहर मक्काको मिनामा हजका क्रममा बिहीबार भएको भगदौडमा मर्नेको संख्या ७१७ जना पुगेको छ ।

यो घटनामा चारजना नेपाली नागरिक पनि मारिएका छन् । घटनामा सयौं मारिएपछि त्यहाँ पत्रकारहरुलार्इ समेत जान प्रतिबन्ध लगाइएको छ ।

अल जजीरा टेलिभिजनकी पत्रका बासमा अतासीले पत्रकारहरुलार्इ त्यहाँ पस्नै नदिएको बताइन् ।

'हामीलार्इ घटना भएको जग्गा भन्दा धेरै वर रोकिएको छ । जहाँ हामीलार्इ रोकिएको छ, त्यहीँबाट पनि घटना कति भयानक रहेछ भन्ने पत्ता लगाउन समस्या भएन',  उनले भनेकी छन्, 'कयौं कन्टेनर र ट्रकहरु लाशले भरिएका थिए । कालो सडक सेताम्ये भएको थियो । हात छुटेपछि पत्नीसँगको साथ पनि जीवनभरका लागि छुट्न पुग्यो ।'

भारतको हैदराबादकी रहने ६० वर्षीया बीबीजानलार्इ हजयात्रामा पठाउन उनका छोराहरुलार्इ उनी कहिल्यै नआउने कुरा सायदै थाहा थियो । मारिनेमा जान पनि सामेल छिन् ।

उनका ६९ वर्षीय पति मजिद पनि उनीसँगै थिए । तर जब भागदौड मच्चियो तब उनको हात पतिको हातबाट फुत्किन पुग्यो ।http://www.annapurnapost.com/Upload/images/http://www.annapurnapost.com/Modules/News/Image/Default/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment