असोज २० भित्र देशले नयाँ प्रधानमन्त्री पाउने :: Read More News >>

काठमाडौँ, ८ असोज - नियम अनुसार पर्सीसम्ममा देशले नयाँ प्रधानमन्त्री पाउने थियो। नयाँ संविधान जारी भएको एक साताभित्र नयाँ प्रधानमन्त्रीको चयन गर्ने व्यवस्था छ।

तर संसद अधिवेशन ढिला हुने भएकाले नयाँ नेतृत्व चयन प्रक्रिया लम्बिएको हो। राष्ट्रपति डा रामबरण यादवले प्रधानमन्त्रीको सिफारिसमा असोज १५ गतेका लागि संसद अधिवेशन आव्हान गरेका छन्। नयाँ संविधान जारीसँग भावी राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका लागि नयाँ सत्तासमीकरणको गृहकार्य भित्र-भित्र शुरु भैसकेको छ। दलहरुवीचको भद्र सहमति मान्ने हो भने काँग्रेसले राष्ट्रपति, एमालले प्रधानमन्त्री र माओवादीले सभामुख पाउने गरी सत्तामीकरण तयार हुनेछ। 

पहिलो चरणमा प्रधानमन्त्री चयन भएको बढीमा २० दिनभित्र सभामुख र उपसभामुख निर्वाचित हुने व्यवस्था छ। तेस्रो चरणमा देशले राष्ट्रपति र उपराष्ट्रपति पाउनेछ। यी सवै काम एक संसद अधिवेशन शुरु भएको एक महिनाभित्र सकिने छन्।

प्रधानमन्त्री सुशील कोइरालाले अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभाको कार्यक्रममा सहभागिता जनाउने र नेपालमा संविधान आएको विषयमा अन्तराष्ट्रिय समुदायलाई जानकारी गराउने चाहना राखेपछि प्रमुख दलहरुले संसद अधिवेशन अन्त्य गर्ने सहमति गरेका थिए। यसैकारण नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया रोकिएको थियो।

पछिल्लो राजनीतिक अबस्थाका कारण देखाउँदै प्रधानमन्त्री कोइरालाको न्युयोर्क भ्रमण अन्तिम समयमा रद्ध भएपछि नयाँ प्रधानमन्त्री कहिले आउलान भन्ने बहस शुरु भएको थियो। तर, राष्ट्रपतिले असोज १५ गतेका लागि हिउदे अधिवेशन आव्हान गरेका छन्। असोज १५ गते १ बजे संसद अधिवेशन बस्नेछ, जहाँबाट प्रधानमन्त्री चयनको औपचारिक प्रक्रिया शुरु हुनेछ।

यस्तो अबस्थामा असोज २० गतेसम्म देशले नयाँ प्रधानमन्त्री पाउने संकेत देखिएको छ। http://dcnepal.com/images/news/9/big/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment