संविधान निर्माण भएको खुसियालीमा श्रमदान गरेर सडक मर्मत :: Read More News >>

बाबियाचौर (म्याग्दी), ४ असोज - नयाँ संविधान निर्माण भएको खुसियालीमा बेनी नगरपालिका ३ र ४ का बासिन्दाले आइतबार श्रमदान गरेर बेनी–भकुण्डे सडक मर्मत गरेर सञ्चालनमा ल्याएका छन् ।

संविधान निर्माण भएपछि देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन सबै सरोकारवाला एकताबद्ध भएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने सन्देश प्रवाह गराउन आम्बोटका बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका हुन् ।

परिवर्तनशील युवा क्लब र मिलीजुली आमा समूहको नेतृत्वमा ७० जना स्थानीयवासीले कोसेपानीको पहिरो पन्छाएर गत असारदेखि अवरुद्ध बेनी–भकुण्डे सडक सञ्चालनमा ल्याएका हुन् ।

"अब अनेक बहानाबाजी गरेर विकासमा अवरोध गर्नुहुँदैन । सबै मिलेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने सन्देश प्रवाह गराउन श्रमदानमा सहभागी भएका हौँ" परिवर्तनशील युवा क्लबका अध्यक्ष नेत्र घर्तीमगरले भन्नुभयो ।http://dcnepal.com/images/news/9/big/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment