|
झापाको खजुरगाछी, दमक गौरादह र सुरुङ्गाका चर्चमा बम राखेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा कटहरी-१ मोरङ निवासी हिन्दु मोर्चानेपाल सैन्य प्रमुख राम भण्डारी, रािष्ट्रय हिन्दु जागरण अभियानका कोषाध्यक्ष विर्तामोड-७ निवासी कृष्ण चुँडाल र बिर्तामोड–८ निवासी राष्ट्रिय संयुक्त धार्मिक मञ्चको सक्रिय सदस्य रामचन्द्र बानियाँ रहेका छन्।
पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो। चर्चमा बम राख्ने मूख्य योजनाकार हटिया-५ मकवानपुर निवासी माधव भण्डारीसहित चारजना फरार रहेका जिल्ला प्रहरी कार्यालय झापाका एसपी ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए। उनी हिन्द मोर्चा नेपालका, केन्द्रीय सम्योजक पनि रहेको खुलेको छ।
सुरुङ्गास्थित चर्चमा राखेको बम प्रहरी चौकीमा लगेर डिस्पोजन गर्न खोज्द असईसहित तीनजना घाइते भएका थिए।
|
0 comments:
Post a Comment