खिलराज रेग्मी भन्छन् "संविधान जारी हुँदा म जति खुसी यो धर्तीमा अर्को को होला" ! :: Read More News >>

काठमाडाैं, ५ भदाै  - अन्तरिम मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले मुलुकले संविधानसभाबाट संविधान पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताएका छन् । कान्तिपुर दैनिकमा समाचार छ।

रेग्मी नेतृत्वको मन्त्रिपरिषदले संविधानसभाको दोस्रो चुनाव गराएको हो । ’संविधान जारी हुँदा मजति खुसी यो धर्तीमा अर्को को होला भन्ने मेरो आत्माले भनिरहेको छ,’ संविधान प्रारम्भ भएको खुसीमा सिंहदरबारमा आयोजित चियापान कार्यक्रममा रेग्मीले भने ।

संविधानबारे केही दल र समूहले असन्तुष्टि जनाएको अवस्थामा वार्ताबाट निकास निकाल्न सकिने विश्वाससमेत उनले व्यक्त गरे । उनले मुलुक शान्ति, स्थिरता र समृद्धिको बाटोमा अगाडि बढ्ने बताए ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment