वार्ता र संवादका माध्यमबाट समाधान खोज्न संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि-मुनको आग्रह :: Read More News >>

काठमाडौँ, ५ असोज– संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले वार्ता र संवादका माध्यमबाट नेपालको समस्याको समाधान गर्न आग्रह गर्नुभएको छ ।

नेपालको संविधानको घोषणापछि उत्पन्न परिस्थितिका बारेमा महासचिव मुनका प्रवक्ता स्टेफन डुजेरिकले जारी गरेको विज्ञप्तिमा नेपालको पछिल्लो अवस्थाको सकारात्मक सम्बोधन गर्न नेपालका राजनीतिक दल सफल हुने विश्वास व्यक्त गरिएको छ ।


“महासचिव मुनले नेपालमा बनेको नयाँ संविधानको अङ्गीकार गर्दै राष्ट्रिय हितमा निरन्तर लचिलो भएर लाग्न नेपालका राजनीतिक नेतृत्वलाई आग्रह गर्नुभएको छ” प्रवक्ता डुजेरिकले भन्नुभएको छ । शान्तिपूर्ण विरोध प्रदर्शन गर्न र संवादका माध्यमबाटै समस्याको समाधान खोज्न आन्दोलरत पक्षलाई समेत महासचिव मुनले आग्रह गर्नुभएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।http://dcnepal.com/images/news/9/big/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment