तीन दलको वृहत सभा : प्रचण्डसहित झलनाथ खनाल, रामचन्द्र पौडेल, माधव कुमार नेपाल खुल्लामञ्च पुगे :: Read more news >>>

नेपालको संविधान २०७२ जारी भएको खुशीयालीको अवसरमा प्रमुख तीन दलले आज राजधानीमा विशाल आमसभा आयोजना गरेका छन् ।

अहिले राजधानीका विभिन्न स्थानबाट निस्कने विजय र्‍याली खुलामञ्चमा पुगेर सभामा परिणत हुँदैछ । आमसभालाई सफल बनाउनको लागि गृहमन्त्री वामदेव गौतम आफैँ आमसभा हुने स्थानमा खटिएका छन् । प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित विभिन्न पार्टीका प्रमुखले सम्बोधन गर्ने कार्यक्रममा नेताहरु आउने क्रम भने जारी रहेको छ ।
अहिले एमाले अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले नेता माधव कुमार नेता लगायतका नेताहरु खुल्लामञ्च पुगिसकेका छन् ।

कांग्रेसले शान्तिवाटिका, एमालेले बागबजार तथा एमाओवादी भृकुटीमण्डपमा जम्मा भई खुलामञ्चको सभामा सहभागी हुनेछन्। त्यसैगरी कर्मचारीसहितको जुुलुस भद्रकालीबाट सुरु हुनेछ।  संविधान जारी भएको अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले पनि सोमबार आपराह्न जलपान कार्यक्रम आयोजना गरेका छन्। 

सभा हुनुअघि विभिन्न ठाँउबाट अलगअलग र्‍यालीसहित खुलामञ्चमा सहभागी हुने कार्यक्रम तय गरिएको छ।

त्यसैगरी उपत्यका बाहिरका जिल्लाहरुमा पनि आज वियय र्‍याली र सभाको आयोजना गरिएको छ। त्यस्तै एमालेले मंगलबार दशरथ रंगशालामा चियापान आयोजना गरेको छ।
http://dcnepal.com/images/news/9/big/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment