|
नेकपा माओवादीका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै मधेसवादी दल तथा विभिन्न पक्षको असन्तुष्टीका बाबजुद नयाँ संविधान जारी गरिएकोमा असन्तुष्ट बनेको भारतले सोही बाहनामा नाकाबन्दी गरेमा सशक्त प्रतिरोध गर्ने विप्लवले चेतावनी दिएका हुन्।
नेपाली शासक वर्ग र नेपाली जनताबीचको सत्तासंघर्षको फाइदा उठाउँदै नेपालमाथि प्रभुत्व मजबुत बनाउने तथा नेपालको अखण्डतामाथि माथि बाधा पुर्याउने उद्देश्यले भारतीय शासक वर्गको हस्तक्षेप स्वीकार्य नहुने विप्लवले विज्ञप्तिमा उल्लेख गरेको छ।
विज्ञप्ति मार्फत विप्लवले भारतको पछिल्लो गतिविधिलाई भारतको निर्लज्ज हस्तक्षेप भएको जनाएका छन्। संविधानले संसदवादीलाई संसदीय व्यवस्था संचालन गर्ने ठाउँमा पुर्याएको तथा माओवादी र जनतालाई जनसत्ता निर्माण गर्ने वाध्यकारी ढोका खोलिदिएको विप्लवको ठहर छ।
शान्ति प्रक्रिया र शान्ति सम्झौतालाई व्यक्त गर्नसक्ने राजनीतिक सहमतिसहित राज्यलाई नयाँ बनाउने र माओवादीसहित राज्य सञ्चालन गर्ने प्रस्तावलाई पूरै अस्वीकार गरी जारी गरिएको संसदीय ब्यवस्थाको संविधानले संक्रमणलाई अन्त्य गरिदिएको उनले जनाएका छन्।
|
0 comments:
Post a Comment