कर्फ्यु र बन्द विरुद्ध सडकमा उत्रने कैलालीका व्यवसायीहरुको चेतावनी :: Read More News >>

कैलाली, ९ असोज - एक महिना लामो कर्फ्यु र झण्डै दुई महिनादेखि जारी बन्दले उद्योग व्यवसायी धराशायी भएको बताउदै कैलालीका व्यवसायीहरुले अव कफ्र्यु र बन्दका विरुद्ध सडकमा उत्रिने बताएका छन्। 

कैलाली उद्योग वाणिज्य संघले आज आयोजना गरेको सर्वपक्षीय भेलामा झण्डै दुई महिना लामो बन्द र कर्फ्युका विषयमा भएको छलफलपछि व्यवसायीले यस्तो निर्णय गरेका हुन्। उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले आन्दोलनकारीलाई बन्दको बिकल्प खोज्न समेत आग्रह गरिएको छ। 

निरन्तरको बन्दका कारण अत्यन्त असहज र कष्टकर अवस्था सृजना भएकोले आगामि दिनमा जो सुकै पक्षले जे सुकै नाममा गर्ने बन्दका विपक्षमा उभिन बाध्य हुने व्यवसायीहरुले बताएका छन्। भदौ ७ गते भएको टीकापुर घट्नापछि एक महिनायता कर्फ्यु झेल्दै आएका कैलाली जिल्लाका बासिन्दाले त्यसअघि थरुहट र अखण्ड सुदूरपश्चिम पक्षधरको एक महिना लामो बन्द व्यहोरेका थिए।

यसैबीच स्थानिय प्रशासनले शनिबारबाट धनगढीमा लगाएको कर्फ्यु हटाएको छ। टिकापुरमा भने बिहान ५ बजे देखि दिउंसो ३ बजे सम्म कर्फ्यु खुकुलो पारेको छ।http://dcnepal.com/images/news/9/big/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment