|
काठमाडौं, ७ असोज । साउदी अरबको मक्कामा हज गर्न गएका इस्लाम हजयात्रीबीच भागदौड मच्चिँदा ७ सय भन्दा वढीको मृत्यु भएको छ ।
बिहीबार दिउँसो भएको भागदौडमा परि उक्त तिर्थालुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उक्त भागदौडमा परि करिब चार सय वढी तीर्थयात्री घाइते भएको बताईएको छ ।
समाचार अनुसार हजको दोस्रो दिन मक्काबाट लगभग सात किलोमिटर दुरीमा रहेको ’मीनामा शैतान’लाई ढुंगा हान्ने धार्मिक विधिका क्रममा अचानक भागदौड मच्चिदा ७ सय भन्दा वढी तीर्थालुको मृत्यु भएको हो ।
हजका लागि विश्वभरबाट लाखौं मुसलमानहरु साउदीअरब पुगेका छन् । नेपालबाट पनि हज गर्न भन्दै मुसलमान त्यहाँ गएका छन् ।
|
0 comments:
Post a Comment