विश्वकै होचा व्यक्तिको शव शनिबार नेपाल ल्याइदै :: Read More News>

तुलसीपुर, ७ असोज - बाइस दिन भइसक्यो। विश्वकै होचो मान्छेको घरमा आफन्त कुरिरहेका छन्। अझै काजकिरिया भएको छैन। नुन पनि बारिएको छैन। शव आउने बाटो हेरिरहेका छन्।

तर, चन्द्रबहादुरको शव आउन अझै केहीदिन लाग्नेछ। दाङ पुरन्धारा गाविस–९ रिमखोलीको पहाडमा घर भएका उनको अमेरिकी टापु सामुआमा गत भदौ १८ गते निधन भएको थियो। अहिलेसम्म शव आउने पत्तो छैन, हामीले काकाको शव कुरिरहेका छौँ, सल्यान घर भएका चन्द्रबहादुरका  भतिजा तिलक डाँगीले भने, अहिलेसम्म काजकिरिया पनि भएको छैन, नुन पनि बारेका छैनौँ।

तीन दिनपछिमात्रै चन्द्रबहादुरको मृत्यु भएको उनकी भाउजूले खबर पाएकी थिइन्। सानै छँदा बाबुआमा बितेपछि चन्द्रबहादुर भाउजूकै काखमा हुर्केका थिए। त्यसैले उनी भाउजूलाई आमा भनेर बोलाउँथे। तिलकका अनुसार भाउजू पनि शव कुर्दाकुर्दै थाकेकी छिन्। १६-१७ दिन भइसक्यो शव कहिले आउने हो थाहै छैन’ उनले भने, खै सरकारले पनि केही गरेन, देशको नाम संसारभर फैलाएको मान्छेलाई मरेपछि यस्तो हेला गरे।

१६ दिनपछि उनको शव अस्पतालबाट पश्चिमी सामुआ लगिएको थियो। शनिबार उनको शव त्यहाँ पुर्‍याएपछि अब नेपाल ल्याउने प्रक्रिया चालिएको हो।  त्यहाँ डाँगीका भतिजालाई सहयोग गरिरहेका युनेस्कोमा कार्यरत नेपाली योगेन्द्र दाहाल क्षेत्रीका अनुसार डाँगीको शव असोज ९ गते दिउँसो सवा ३ बजेसम्म त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पुग्नेछ।

यद्यपि हङकङको विमान कम्पनी ड्रागन एयरले टिकट पक्का नगरिसकेकाले केही दिन लाग्नसक्नेछ। बिहीबारै उनी आपिया विमानस्थलबाट प्रस्थान गरिसकेका छन्। उनका अनुसार चन्द्रबहादुरको शव लिएर भतिजा दोलखबहादुर फिजीबाट दक्षिण कोरिया हुँदै भारतबाट नेपाल आउने छन्।

चन्द्रबहादुरको उपचारार्थ खर्च करिब २० लाखभन्दा बढी रकम लामो ताकेतापछि सर्कसले तिरिदिएको थियो। हालसम्मकै होचा जीवित मानिसका रुपमा गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल डाँगीको जन्म वि।सं १९९६ मङ्सिर १५ गते सल्यानको रामपुरस्थित कालीमाटीमा भएको थियो। हाल उनी दाङको पुरनधारास्थित रिमखोलीमा स्थायी बसोबास गर्दै आएका थिए।

उनलार्इ २०६८ फागुन १४ गते गिनिज बुक अफ वर्ल्ड रेकर्डसले विश्वकै जीवित होचा व्यक्ति भएको पुष्टि गरेको थियो। लन्डनबाट आएका गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेले डाँगीको उचाइ ५४.६ सेन्टीमिटर भएको प्रमाणित गरेका थिए।http://dcnepal.com/images/news/9/big/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment