राजधानीमै ४ जनामा स्वाइन फ्लु, स्वाइन फ्लुबाट बच्न अपनाउँनुस यि ६ उपाय

 काठमाडौं, ६ असोज । काठमाडौं उपत्यकामा ४ जनामा स्वाइन फ्लु भेटिएको छ । रुघाखोकी र ज्वरो पछि उपचारका लागि टेकु अस्पताल पुगेका चार जनालाई स्वाइन फ्लु भएको अस्पतालले पुष्टि पुष्टि गरेको हो । मंगलबार अस्पताल पुगेका भक्तपुरका एकजना बिरामीसहित काठमाडौंका तीन जनालाई स्वाइन फ्लु पुष्टि भएको अस्पतालका डा. शेरबहादुर पुनले बताएका छन् । पुनका अनुसार पछिल्लो एक हप्ताभित्र चार जनामा स्वाइन फ्लु भएको पाइएको हो । अरु बिरामीलाई पनि स्वाइन फ्लु भएको हुन सक्ने आशंका गरिएको छ ।
काठमाडौं बाहिरका जिल्लामा पनि स्वाइन फ्लुको जिवाणु सक्रिय भएको डाक्टरहरुको अनुमान छ । छिमेकी राष्ट्र भारतमा धार्मिक भ्रमणमा गएका केहीमा स्वाइन फ्लुको लक्षण भेटिएको तर पुष्टि हुन बाँकी रहेको डाक्टरहरुले बताएका छन् । टेकु अस्पतालमा अहिले हरेक दिन ५ ६ जना रुघाखोकी र ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । नेपालमा गर्मीबाट जाडो लाग्दा र जाडोबाट गर्मी लाग्दा स्वाइन फ्लुको खतरा धेरै हुन्छ ।
स्वाइन फ्लुबाट कसरी जोगिने :
नेपालमा गर्मीबाट जाडो लाग्दा र जाडोबाट गर्मी लाग्दा स्वाइन फ्लुको खतरा धेरै हुन्छ । त्यसैले यस्तो बेला सावधानी अपनाउनु पर्ने डाक्टर बताउँछन् । यो रोगबाट जोगिनका लागि अपनाउँनु पर्ने केहि तरिका :
१. घरबाहिर निस्कदा सधैँ मास्क लगाउने
२. रुघाखोकी लागेका व्यक्तिबाट टाढै बस्ने । कम्तिमा एक मिटरको दूरी कायम गर्ने । यदि रुघाखोकीका विरामीको स्याहार गर्नु परे हातमा पन्जा र मुखमा माक्स लगाएर काम गर्ने ।
३. एक पटक प्रयोग गरिसकेको रुमाल वा अरु सामाग्री सफा गरेर मात्र प्रयोग गर्नुपर्छ ।
४. घाँटी दुखे र रुघाखोकीसँगै ज्वरो आए तुरुन्त स्वास्थ्य जाँच गराउनु पर्छ ।
५. साबुन पानीले कम्तिमा २० सेकेन्ड सम्म हात धुने बानी बसाल्नुहोस ।
६. घरका सदस्य कसैलाई स्वाइन फ्लु भएको छ भने अलग्गै सफा कोठामा राखेर उपचार गर्ने ।https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiHgWMTr1D3SUR5Y99NFUFDbtysHP8S9Xqmz8B5OVfUQpoXYcC_ED17Xo-NhsCBIJdh9N_pivaAWnQM-V5Dc90d6Yv17Dnr5ZSYthSC9Id-L21P9AxdNmA2jW5dx8ujBMjdMDVJrf3Onai5/s640/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment