टुंडिखेलबाट भारत र मधेशी दललाई प्रचण्डले दिए यस्तो सुझाव (भिडियो सहित

काठमाडौं, ४ असोज ।एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान जारी गरेसँगै मुलुकलाई संघीयतामा लैगिएको तथा गणतन्त्र स्थापित गर्दै सबै सामन्तवादको अन्त्य गरेको बताए ।
संविधान जारी भएको खुसियालीमा सोमबार प्रमुख तीन दलले गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले विभिन्न संघर्षका बाबजुद ७० वर्षपछि जनताका प्रतिनिधिले संविधानसभाबाट संविधान जारी गर्न सकिएको धारणा राखे । युद्धरत दल र आन्दोलनर दलबीच १२ बुँदे सहमतिबाट सुरु भएको शान्ति प्रक्रियाका विभिन्न चरणलाई स्मरण गरेका प्रचण्डले संविधान कार्यान्वयन गर्न चुनौति रहेको बताए ।
यद्यपी संविधान जारी गर्न चुनौति रहेको बताए पनि उनले दलीय तथा नेपालीहरुको सुदृढ एकता आवश्यक रहेको जानकारी दिए । मधेशी दल तथा मधेशी जनतालाई लक्षित गर्दै उनले आन्दोलनरत दलहरुलाई वार्ताको माध्यमबाट समस्या समाधान खोज्न आग्रह गरे । आफ्नो पार्टीले सबै समुदायको हक अधिकार दिलाउन सक्षम रहेको भन्दै प्रचण्डले मधेशी जनता तथा दलहरुको धेरै माग पूरा भइसकेको दोहोर्याए ।
आफ्नो स्वतन्त्रालाई कायम गर्न अरुको स्वतन्त्रता र भावनालाई सम्मान गर्नु पर्ने भन्दै उनले हालै जारी भएको संविधानलाई अन्तर्राष्ट्रिय समुदायले स्वीकार गर्नु पर्ने बताए । विशेष गरी भारतको नाम लिएर उनले नेपालले घोषणा गरेका संविधान स्वीकार्नु पर्ने बताए ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment