हिन्दु युवा मञ्चद्वारा धर्म युद्धको घोषणा (भिडियो सहित

 काठमाडौं, ४ असोज । राष्ट्रिय हिन्दु युवा मञ्च नेपालले मुलुकमा धर्म निरपेक्ष कायम गरिएको विरोधमा धर्म युद्धको घोषणा गरेको छ । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी मञ्चले धार्मिक युद्धको घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा वितरित गरिएको विज्ञप्तिमा मुलुकलाई हिन्दु राष्ट्र बनाउन पर्ने माग गर्दै १७ दिन सम्म आमरण बसेका मञ्चका प्रेमनिधि भारद्वाज र राष्ट्रिय हिन्दु युवा आन्दोलनका संयोजक सागर कट्वालले ९४.२ प्रतिशत ॐ कार परिवारको भावना र अस्तित्वलाई नामेट पार्ने उद्देश्यले धर्म निरपेक्ष राष्ट्र कायम गर्ने गरी संविधान जारी गरिएको भन्दै सोको रक्षाका लागि धर्म युद्धको घोषणा गर्नु परेको उल्लेख गरेका छन् ।
आमरण अनसनका बेला सनातन हिन्दु राष्ट्र नेपाल कायम गर्ने प्रमुख मागलाई ३६ घण्टाभित्र सम्बोधन गर्ने सरकारको प्रतिबद्धता कागजमै सिमित भएको भन्दै हिन्दु युवाहरुले धर्म युद्धको घोषणा गरेको हो ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment