हेर्नुहोस गायक हेमन्त शर्माको दिलमा कस्को फोटो छ (भिडियो सहित)

काठमाडौं ५ असोज । चर्चित गायक हेमन्त शर्माको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक शर्माकै शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियो केहि समय अघि म्युजिक नेपाल मार्फत सार्वजनिक भएको छ । ‘दिलमा फोटो छ, बुझेन खै मायाले जीवन छोटो छ’ बोलको गीतमा नायिका नीता ढुङ्गानाले कम्मर मर्काएकी छन् । श्यामस्वेत रसाइलीको संगीत संयोजन रहेको सो गीतको म्युजिक भिडियोलाई बिदुर केसीले निर्देशन गरेका हुन । नीतासँगै सो गीतको म्युजिक भिडियो मार्फत तेज अर्याल तथा शेरबहादुर गुरुङ पर्दामा देखिएका छन् । लोक पप शैलीको उक्त गीतको म्युजिक भिडियोमा गायक शर्मा गायककै भुमिकामा देखा परेका छन् । गायक हेमन्त शर्माले यो गीतलाई सधै गाइरहेको भन्दा फरक स्वादमा स्रोतालाई पस्किएको बताएका छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment