नेपालमा पहिलोपटक संविधानसभाबाट संविधान जारी भएकोमा छिमेकी भारतले चरम असन्तुष्टिको नमुना प्रस्तुत गरेको छ। -

भारत असन्तुष्ट

काठमाडौं- नेपालमा पहिलोपटक संविधानसभाबाट संविधान जारी भएकोमा छिमेकी भारतले चरम असन्तुष्टिको नमुना प्रस्तुत गरेको छ। संविधानसभाले आइतबार संविधान जारी गरेलगत्तै विज्ञप्ति जारी गर्दै भारतले नेपाली जनतामा हार्दिक शुभेच्छा व्यक्त गरे पनि स्वागत गरेन।



विज्ञप्तिमा संविधान घोषणालाई 'विचार गरेका छौं' जस्तो धम्कीपूर्ण वाक्य भारतले प्रयोग गरेको छ। भारतले विज्ञप्तिमा नेपालमा संविधान जारी भएकोबारे नभनी 'नेपालको अवस्थाबारे विज्ञप्ति' भनिएको छ।

'नेपालको संविधान निर्माण प्रक्रियामा भारतले सदैव संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको पक्षमा समर्थन गर्दै आएको छ, आज हुने संविधान घोषणालाई हामीले विचार गरेका छौं,' भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'हामी नेपाली जनतामा हार्दिक शुभेच्छा प्रकट गर्न चाहन्छौं।'

भारतसँग सीमा जोडिएका विभिन्न जिल्लामा भएका हिंसात्मक घटनाप्रति विज्ञप्तिमा चिन्ता व्यक्त गरिएको छ। यस विषयमा काठमाडौंस्थित भारतीय राजदूतले नेपालका प्रधानमन्त्रीसँग कुराकानी गरेको समेत विज्ञप्तिमा बताइएको छ। भारतले विज्ञप्तिमा भनेको छ, 'हामी अनुरोध गर्न चाहन्छौं कि विवादित विषय हिंसारहित स्वतन्त्र वातावरणमा संवादसहित सर्वस्वीकार्य स्वामित्वमा संस्थागत हुनुपर्दछ।' यसले मात्र नेपालको एकता, समृद्धि र विकास सुनिश्चित गर्ने भारतको धारणा छ।https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiVam8uy7ewKR6tbqzLUA3-Nsg_Ev4fb341ikUcFaN7hHuz5qb7V58rrsTSRk0-iK6RbDmlhvw50SEbJrfueSbQFUrjx4rUfP7CBHhtKHtD7iKRNdbQvf53y_5yRx9l74MuICUi3qlZByW0/s1600/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment