भारतीय र बंगलादेशी नेपाली पासपोर्टमा विदेश

खाडी मुलुक कुवेतमा बंगलादेशी नागरिकलाई रोजगारीमा जान प्रतिबन्ध छ। तर, सयौँ बंगलादेशी त्यहाँ कार्यरत छन्। आफूहरू नेपाली भएको भन्दै झुक्याएर उनीहरू कुवेतमा काम गर्दै आएका छन् । नेपाली भएको भनेर ढाँट्ने मात्र होइन, उनीहरूले नेपाली पासपोर्ट नै प्रयोग गर्दै आएका छन्। नेपाली पासपोर्ट खरिद गरी सयौँ बंगलादेशी कुवेतलगायतका खाडी देशमा कार्यरत छन्। तीमध्ये एक हुन्– मोहम्मद वोहार ।
जो यतिवेला महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। दुई वर्षअघि उनी बंगलादेशबाट कतार गएका थिए। कतारबाट कुवेत जाने क्रममा उनी मोहम्मद वोहारबाट रामकुमार साह बने। मानव तस्करीमा संलग्न गिरोहले नेपाली नागरिक रामकुमार साहको पासपोर्टमा उनको फोटो टाँसिदिए र उनलाई कुवेत पठाए। आजको नयाँ पत्रिकामा खबर  छ।
दुई वर्षसम्म कुवेत बसेर गत महिना बंगलादेश फर्कंदै थिए। कुवेतस्थित एयरपोर्टमा कुन देशबाट आएको भनेर अध्यागमनका अधिकारीले सोध्दा उनले आफू बंगलादेशबाट आएको बताए। तर, उनको हातमा नेपाली पासपोर्ट थियो। शंकास्पद लागेपछि त्यहाँको अध्यागमनले उनलाई नेपाल डिपोर्ट गरी पठाएको थियो।
नेपालमा अध्यागमन विभागले अध्यागमन ऐनअनुसार उनलाई मुद्दा चलाएकोमा उनी धरौटी तिरेर छुटे। नेपाली पासपोर्टमा किर्ते गरेकाले विभागले थप अनुसन्धान र कारबाहीका लागि गत साता काठमाडौं परिसरमा पठाएको हो। सरकारी दस्तखत छाप किर्ते मुद्दामा उनीमाथि छानबिन भइरहेको परिसरका डिएसपी दिनेश आचार्यले बताए। पचरवा–६ धनुषाका रामकुमार साहको पासपोर्टमा उनले कुवेतमा दुई वर्ष काम गरेका थिए। उनीजस्ता सयौँ बंगलादेशी कुवेतमा नेपाली पासपोर्टमा काम गर्दै आएको खुलेको छ। अर्का एक बंगलादेशी युवती अध्यागमन विभागको हिरासतमा छिन्।
मौनिती नाम गरेकी ती युवती पर्वतकी प्रविना पुन लामिछानेको पासपोर्टमा साउदी अरेबिया गएकी हुन्। भारतमा दलालहरूले उनलाई नेपाली बनाएर साउदी पठाएका थिए। नेपाल फर्कने क्रममा उनी बंगलादेशी भएको खुलेपछि अध्यागमनले कारबाही प्रक्रिया अघि https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhezPoWPbZdPsFBVT9a9AhocVPnUd7Q77IbXpqY9vbNhz4J-VO5RgXyacbAb8eUMPg9OjMf45AeI8QJBxQ-YDIZS4NMXYM0ySmFvklHxCgba3OyIkslijU6tkyG8Zf14hNNiNjTmH-GCBzG/s640/बढाएको हो। त्यस्तै, एक भारतीय युवती शोभा तामाङलाई प्रहरीले थुनामा राखी कारबाही प्रक्रिया अघि बढाएको छ। दार्जिलिङ घर भएकी तामाङ हरिपुर–१ सर्लाहीकी सावित्री नेपालीको पासपोर्टमा साउदी अरेबिया पुगेकी थिइन्। साउदीमा दुई वर्ष काम गरेर फर्कने क्रममा उनी गत साता पक्राउ परेकी थिइन्।
अध्यागमन विभागका अधिकारीका अनुसार यसरी नेपालीको पासपोर्ट किनेर वैदेशिक रोजगारीमा जानेको संख्या ठूलो छ। कतिपयलाई फर्कने क्रममा त्यहाँको सरकारले थाहा पाएर नेपाल डिपोर्ट गर्छ भने कतिपयचाहिँ उम्कन सफल हुन्छन्। बंगलादेशी पुरुष र भारतीय महिला नेपाली पासपोर्टमा खाडी मुलुकमा वैदेशिक रोजगारीमा जाने गरेका छन्।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment